पथलैया कप: उपाधीका लागि बारा ११ र महेन्द्रनगर भिड्ने


eShilalekh

११ माघ २०७८, मंगलवार १०:२०

पथलैया: प्रथम पथलैया कप फूटवल प्रतियोगिताको उपाधीका लागि बारा ११ र महेन्द्रनगर युवा क्लब पिलुवा भिड्ने भएका छन् । श्रीकृष्ण मन्दिरको खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा निजगढ फूटवल क्लबलाई पराजित गर्दै बारा ११ ले महेन्द्रनगरसंगको फाईनल भिडन्त पक्का गरेको हो ।

सहयात्री युवा क्लब जीतपुरलाई पराजित गर्दै महेन्द्रनगर यसअघि नै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको थियो । फाईनलमा प्रवेश गर्ने क्रममा बारा ११ ले निजगढलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बारा ११ का लागि कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे । चौथो गोल भने आत्मघाती हुन पुगेको थियो ।

खेलको म्यान अफ दि म्याच कृपा चौधरी घोषित भए । प्रतियोगिताको फाईनल खेलको बुधवार हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको मुख्य सहयोगमा श्रीकृष्ण युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्ला भरीका १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्