बेहुला चढ्ने रथ अनियन्त्रित हुँदा दुईको मृत्यु, १६ घाईते


eShilalekh

११ माघ २०७८, मंगलवार १०:२५

कलैया: बेहुला चढ्ने रथ अनियन्त्रित भई भिडमा गुड्न पुग्दा बाराको आदर्शकोतवाल गाँउपालिकामा दुई जनाको मृत्यु भएको छ । घटनामा १६ जना भन्दा बढी घाईते भएका छन् ।

मृत्यु हुनेमा स्थानिय १५ वर्षिया निलमकुमारी र सिम्रौनगढ ७ कि २५ वर्षिया बालकुमारी राम रहेका छन् । उनिहरुको घटनास्थलमै मृत्यु भएको हो ।

बेहुला लिएर जन्ती जान तयार पारिएको रथ अनियन्त्रित भई वैवाहिक कार्यक्रममा उपस्थित भिडलाई किच्दै नजिकैको रुखमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीको भनाई छ । उक्त घटनामा विवाहमा सहभागी भएका १६ जना भन्दा बढी घाईते भएका छन् ।

घाईतेहरुको वीरगन्ज, कलैयाका अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्