जीतपुरसिमरा १४ मा सेनेटरी प्याड बनाउने तालिम सुरु


eShilalekh

१५ जेष्ठ २०८१, मंगलवार १८:१९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ मा महिला उद्यमशीलताका लागि सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोग र अभियान नेपालको आयोजनामा सात दिने तालिम सुरु भएको हो ।

तालिमको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै अधिकारीले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन तालिम उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष चयन गुरुङले वडाभित्रका महिलालाई स्वरोजगार बनाउनका लागि तालिमको आयोजना गरिएको बताए । प्रत्येक वर्ष वडाले महिलाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको सोही अन्तर्गत यसपटक सेनेटरी प्याड बनाउने तालिम गर्न लागिएको वडाध्यक्ष गुरुङले बताईन् ।

अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा वडासदस्य तेजनारायण चौधरी, गीता सार्की, प्रशिक्षक सन्तोषी श्रेष्ठ, स्थानीय झपेन्द्र बराललगायतको उपस्थिती रहेको थियो । तालिममा ५० जना महिला सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्