शहीदलाई सम्झदै निजगढ नगरपालिकाले यसरी मनायो गणतन्त्र दिवस (तस्वीरहरु)


eShilalekh

१५ जेष्ठ २०८१, मंगलवार २२:०७

सिमराः मुलुकको राज्य व्यवस्था परिवर्तनका क्रममा ज्यान गुमाएका शहीदलाई सम्झदै निजगढ नगरपालिकाले गणतन्त्र दिवस मनाएको छ । शहीदहरुप्रति सम्मान व्यक्त गर्दै नगरपालिकाले गणतन्त्र दिवस मनाएको हो ।

दिवसका अवसरमा नगर प्रमुख सुरथ पुरीले शहीदप्रति माल्यार्पण गर्दै नगरपालिकामा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । उक्त कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

निजगढ नगरपालिकाले यसरी मनायो गणतन्त्र दिवस, हेर्नुहोस तस्वीर:

प्रतिक्रिया दिनुहोस्