प्रथम लोहसण्डा गोल्डकपः आज चन्द्रपुर एफसी र आयोजक भिड्दै


eShilalekh

२० जेष्ठ २०८१, आईतवार १५:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ८ मा सुरु भएको प्रथम लोहसण्डा गोल्डकप अन्तर्गत आइतबार चन्द्रपुर एफसी र आयोजक सनराईज युथ क्लब भिड्दैछन् ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा वीरगन्ज सिटीले जनशक्ति क्लब कोल्हबीलाई १–० ले पराजित गरेको छ । वीरगन्ज सिटीको जितमा अरमान चौधरीले निर्णायक गोल गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को सहयोगमा सनराईज युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्