२६ गतेका लागि तोकिएको पत्रकार महासंघको निर्वाचन सर्यो, अर्को मिति तोकिने


eShilalekh

२५ जेष्ठ २०८१, शुक्रबार २२:४२

सिमराः जेठ २६ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचनको मिति सारिएको छ । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले शुक्रबार राती विज्ञप्ति निकालेर निर्वाचनको मिति सारिएको जनाएका हुन् ।

सदस्यता विवाद समाधान हुन नसकेको र प्रयास जारी रहेको कारण देखाउदै अध्यक्ष पोख्रेलले निर्वाचन सारिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । पोख्रेलद्धारा जारी विज्ञप्ति अनुसार असार दोस्रो हप्ताभित्र मतदान सम्पन्न गर्ने गरी अर्को मिति तोकिने भएको छ ।

अध्यक्ष पोख्रेलले निर्वाचन समिति गठन गर्न बाँकी जिल्ला, एशोसियट र प्रदेश समितिलाई निर्वाचन समिति गठन गरेर जानकारी गराउन समेत आग्रह गरेका छन् ।

काठमाडौंमा सम्पन्न नेपाल पत्रकार महासंघको साधारणसभाले जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । तर सदस्यता विवाद नटुंगिएका कारण निर्वाचन अन्यौलमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्