प्रवासी नेपाली मञ्च टेक्सास च्याप्टरको भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार २०:४३

रामप्रसाद अधिकारी

अमेरिकाः प्रवासी नेपाली मञ्च टेक्सास च्याप्टरको आयोजनामा अमेरिकाको टेक्ससस्थित युलेसमा भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । युलेसको बब एडन पार्कमा आयोजित कार्यक्रममा करिब दुई सय नेपाली समुदायका नागरिक उपस्थित थिए ।

अमेरिकामा रहेका नेपालीबीचको सम्बन्ध सुमधुर बनाउन र सामाजिक सहकार्यमा एकताबद्ध बनाउने उदेश्यसहित भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना गरिएको हो । भेटघाटका क्रममा विभिन्न विषयमा छलफल र मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

च्याप्टरका अध्यक्ष राजु नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सचवि मनिष थापाले गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष, केन्द्रीय उपाध्यक्षसहित पदाधिकारी र सदस्य तथा नेपाली समुदायका नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्