मधेस सरकारः कृषि क्षेत्रमा विद्युतीकरणका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई एक करोड दिने


eShilalekh

३० जेष्ठ २०८१, बुधबार १५:३३

जनकपुरः मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मधेश प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रलाइ कृषि क्षेत्रको विद्युतीकरणका लागि एक करोड बराबरको बजेट छुट्याउने योजना ल्याएको छ । किसानको सहजताका लागि हरेक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि बजेट दिने घोषणा गरेको हो ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले मंगलवार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले मधेश प्रदेशको हरेक निर्वाचन क्षेत्र एक रोजगार प्रवद्र्धन केन्द्र, हरेक पालिकामा कृषि बिद्युतीकरण, १ करोड़ वृक्षरोपण, चुरे संरक्षण तथा पानी रिचार्ज, मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, मधेश बैदेशिक रोजगार उद्धार केन्द्र, स्किल टेस्ट सेण्टर, प्रादेशिक कृषि औजार केन्द्र, हरेक ४ बिगाहा १ बोरिंग कार्यक्रम, लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम, मुख्यमन्त्री प्राकृतिक बिपत बीमा कार्यक्रम र एक पालिका एक कृषि लाइब्रेरीलगायतका कार्यक्रम तथा अभियान चलाइने योजनाहरु ल्याईएको बताईन् ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघको भवन निर्माण, सामुदायिक रेडियोहरुको क्षमता अभिवृद्धि र ठोस कार्यक्रम ल्याएर पत्रकारहरूको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने र वैदेशिक लगानी भित्रयाउन मधेश लगानी सम्मेलन गर्ने समेत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्