मधेसका भूभागमा असार २ गतेसम्म गर्मी कायम रहने


eShilalekh

३२ जेष्ठ २०८१, शुक्रबार १४:३९

सिमरा: मध्य र पश्चिमी तराई–मधेसका भूभागमा असार २ गतेसम्म गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै जेष्ठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको जनाएको हो । तातो हावा चल्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार पूर्वबाट नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा सक्रिय छ । मनसुन नहुँदा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्