पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

२ असार २०८१, आईतवार १४:२१

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

निगम सञ्चालक समितिको असार १ मा बसेको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, चारआली, विराटनगर, भलवारी, नेपालगञ्ज र धनगढीमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एकसय ५१ र तेस्रो वर्गअन्तर्गत एकसय ५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्