मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना
सिमराः मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको बुलेटिन अनुसार असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागमा तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएका छन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिन देखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।
महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी ११औँ विशेष बुलेटिन जारी गरेको हो ।