मधेस प्रदेश लगायत देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै


eShilalekh

५ असार २०८१, बुधबार १७:२७

सिमराः मधेस प्रदेश लगायत देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । गत पुसको मध्यदेखि हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन ।

बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कर्णालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । इडीसीडीको तथ्याँक अनुसार अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्