वीरगञ्जको दुईवटा लोकसेवा तयारी केन्द्रमा आगलागी, लाखौंको क्षति
सिमराः वीरगञ्जस्थित मधेश लोकसेवा र शंकल्प लोकसेवा तयारी केन्द्रमा बुधबार राती करीब १२ बजे आगलागी भएको छ ।
विद्युत सटसर्किट भएर शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी भएको हो ।
आगालागीबाट मधेश लोकसेवा तयारी केन्द्रमा १३ लाख बराबरको सामानहरु जलेर नष्ट भएको छ । साथै शंकल्प लोकसेवा तयारी केन्द्रमा पनि लाखौंको क्षति भएको संचालक निखिल पासवानले बताएका छन् ।
शंकल्प लोकसेवा तयारी केन्द्रबाट सल्किएको आगोको झिल्कोले छेउमा रहेको मधेस लोकसेवा तयारी केन्द्रमा आगलागी भएको हो । आगालागीबाट लाखौंको सामान जलेर नष्ट भएको छ । संचालक निखिल पासवानले उक्त केन्द्रमा १३ लाख बराबरको सामान जलेर नष्ट भएको बताएका छन् ।
दुबै लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरीएको छ ।