अमलेखगञ्जमा तीन दिने सहकारी व्यवस्थापन तालिम सुरु


eShilalekh

१४ असार २०८१, शुक्रबार २१:५४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शुक्रबारदेखि तीन दिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । सहकारी संस्था व्यवस्थापनका लागि नगरभित्र रहेका तीन वटा सहकारी संस्थाले तालिमको आयोजना गरेका हुन् ।

तालिमको नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले सहकारीलाई नगरले उच्च प्राथमिकतामा राखेको बताए । उनले सहकारी क्षेत्र समाज र सदस्य केन्द्रीत हुनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले सहकारी संस्थाले आर्थिक सामजिक रुपान्तरणमा अहम भूमिका खेलेको बताउँदै व्यवस्थित र पारदर्शी भएर अघि बढ्नुपर्ने बताए ।

तालिम उद्घाटन समारोहमा साझा सहकारीका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री, जनकल्याण मध्यवर्ती सहकारी सिमराका अध्यक्ष कमला घिमिरे र अनमोल सहकारी अमलेखगञ्जका अध्यक्ष विनय साह, प्रशिक्षक धिरज कोइराला, पुष्पराज खतिवडालगायतले मन्तव्य राखेका थिए । तालिममा तीन वटा सहकारीका ४२ जना संचालक र कर्मचारीको सहभागिता रहेको छ ।

श्री साझा सहकारी, जनकल्याण मध्यवर्ती सहकारी र अनमोल सहकारीद्वारा संयुक्तरूपमा आयोजित तालिममा जोखिमयुक्त ऋण व्यवस्थापन, कानुनी जटिलता, बैठक व्यवस्थापन, सहकारी व्यवस्थापनका विषयमा प्रशिक्षण दिईने तालिम संयोजक कृष्ण सिग्देलले जानकारी दिए । तालिममा धिरज कोइराला, कुमार खत्री, सुदन चौधरी र पुष्पराज खतिवडाले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्