७३औं मदन जयन्तीमा अनेरास्ववियुद्वारा डुमरवानामा वृक्षरोपण


eShilalekh

१४ असार २०८१, शुक्रबार २२:२८

सिमरा: नेकपा एमालेका तत्कालीन महासचिव `जननेता´ मदन भण्डारीको ७३औं जयन्तीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार वृक्षरोपणको आयोजना गरेको छ । भण्डारीको स्मरण गर्दै अनेरास्ववियुले डुमरवाना क्याम्पसमा वृक्षरोपणको आयोजना गरेको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य किशोर शर्मा, ढुण्डिराज उप्रेती, एमाले जिल्ला कमिटीका उपाध्यक्ष भुलन चौधरी, उपसचिव जवाहिर अन्सारी,  जिल्ला सदस्य सीमा ठकुरी, एमालेका युवा नेता त्रिलोक विक्रम शाह, अर्जुन रसाइली, रवीन्द्र खकुरेल, राजकुमार थापा, अनेरास्ववियुकी केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, कलेजका अध्यक्ष अनिल मैनाली, कलेज प्रमुख राधेश्याम सिवाकोटी, कलेजका शिक्षक तथा विद्यार्थीहरूले वृक्षरोपण कार्यक्रममा सहभागिता जनाएका थिए । अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्