अमेरिकाको टेक्सासमा एनआरएनए एनसीसी र संचारकर्मीबीच अन्तर्क्रिया सम्पन्न


eShilalekh

१६ असार २०८१, आईतवार १५:३५

रामप्रसाद अधिकारी

टेक्सास (अमेरिका): गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको पर्यटन तथा व्यापार विभाग टास्क फोर्सको आयोजना तथा एनआरएनए टेक्सास च्यापटरको सहकार्यमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपालको कला संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२४।२५ लाई केन्द्रीत गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

टेक्सासको यूलेसस्थित ठमेल बियर गार्डेनमा आयोजित कार्यक्रममा संचारकर्मी, संचारसम्बद्ध संगठन, सामाजिक अभियन्ताको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीले अमेरिकामा बसोबास गर्ने नेपालीमा कला संस्कृतिको संरक्षणका साथै नेपालको पर्यटन प्रवर्द्धनमा खेल्न सकिने भूमिकाको विषयमा छलफल गरेका थिए ।

एनआरएनए एनसीसीको पर्यटन तथा व्यापार विभाग टास्क फोर्सका अध्यक्ष सविन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नेत्र पाण्डे, टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईं, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दहाल, रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मी, सामाजिक अभियन्ता प्रभात दिक्षित, बैकुन्ठ आचार्य, बासु अर्याल, एनआरएनए टेक्सास च्याप्टरकी महिला संयोजक अनु तामाङ, राजेश अधिकारी, लेखनाथ गौतम, सागर अर्याल, कपुर विष्ट, सुशिल क्षेत्रीलगायतको उपस्थिती हेको थियो ।

कार्यक्रममा बोल्दै प्रभात दिक्षितले अमेरिकाको विभिन्न कलेजका प्रोफेसर र विभिन्न राज्य भित्रका मेयरसंग भेटेर नेपालको पर्यटनको विषयमा छलफल गर्ने गरेको बताईन् । एनआरएन टेक्सासका अध्यक्ष गुरागाईंले अन्तर्क्रियात्मक कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए । उनले नेपालीहरुलाई एकबद्ध बनाउन, कला, संस्कृतिको संरक्षण गर्न, पर्यटन प्रवर्द्धन गर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासालाई टाक्स फोर्सका अध्यक्ष थापा र उपाध्यक्ष पाण्डेले सम्बोधन गरेका थिए । कार्यक्रममा नेजाका अध्यक्ष भण्डारी, रिपोर्टस क्लबका अध्यक्ष रेग्मीसहितका पत्रकारले आफ्ना सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण रोचक गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्