अमलेखगञ्जमा आयोजित सहकारी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न


eShilalekh

१६ असार २०८१, आईतवार २०:४५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा आयोजित सहकारी व्यवस्थापन सम्बन्धी तीन दिने तालिम आइतबार सम्पन्न भएको छ । नगरभित्र रहेका तीन वटा सहकारी संस्थाद्धारा शुक्रबारदेखि आयेजित तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

तालिमको समापन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुवास श्रेष्ठले सहकारी संस्था व्यवस्थित हुनुपर्ने बताए । सहकारी संस्था व्यवस्थित नभएसम्म आर्थिक सामाजिक रुपान्तरणका लागि हुने भूमिका प्रभावकारी नहुने श्रेष्ठले बताए ।

तालिम समापन समारोहमा साझा सहकारीका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री, जनकल्याण मध्यवर्ती सहकारी सिमराका अध्यक्ष कमला घिमिरे र अनमोल सहकारी अमलेखगञ्जका अध्यक्ष विनय साह, प्रशिक्षक धिरज कोइराला, पुष्पराज खतिवडालगायतले मन्तव्य राखेका थिए । जोखिमयुक्त ऋण व्यवस्थापन, कानुनी जटिलता, बैठक व्यवस्थापन, सहकारी व्यवस्थापन सम्बन्धी तालिममा तीन वटा सहकारीका ४२ जना संचालक र कर्मचारीको सहभागिता रहेको थियो ।

श्री साझा सहकारी, जनकल्याण मध्यवर्ती सहकारी र अनमोल सहकारीले संयुक्तरूपमा आयोजना गरेको तालिमको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा धिरज कोइराला, कुमार खत्री, सुदन चौधरी र पुष्पराज खतिवडाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्