ज्योति विकास बैंक सिमरा शाखाद्वारा स्वास्थ्य केन्द्र जीतपुरलाई बेबी वार्मर सेट हस्तान्तरण


eShilalekh

१७ असार २०८१, सोमबार १५:२३

सिमराः ज्योति विकास बैंक सिमरा शाखाले प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । ‘न्यानो नानी’ कार्यक्रम अन्तर्गत जीतपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सेट प्रदान गरेको हो ।

ज्योति विकास बैंकले देशभरि ४४ वटा न्यनो नानी मेसिन वितरण गरेको बैंकका ब्रान्डिङ्गका हेड कुशलजंग अधिकारीले बताए । यस बैंकले आफ्नो सामाजिक उत्तरदायित्व हर क्षेत्रमा पूरा गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले अन्यक्षेत्रमा गरेको लगानि भन्दा स्वास्थ्यको क्षेत्रमा गरेको लगानि दिगो हुने बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरका अध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र काठमान्डौका प्राविधिक इलेक्ट्रिकल इन्जिनियर महिप केसी, ज्योति विकास बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य, ज्योति विकास बैंक सिमरा शाखाका कर्जा प्रमुख निरजकान्त झा, वडा सदस्य एवम ब्यवस्थापन समिति उपाध्यक्ष सीता उप्रेती, नवीन मैनाली, ललितादवि पासवान, वडा सिचव दिलिप ढुङ्गाना, प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरका प्रमुख डक्टर सुजल अधिकारी, सिअहेब अधिकृत प्रवीण कुमार झा लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका जनस्वास्थ्य निरीक्षक जाहिद हुसेनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्