पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सिमरा: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि अब अमलेखगञ्ज, वीरगन्ज, जनकपुरमा पेट्रोल प्रति लिटर १६८.५० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७.५० रुपैयाँ भएको छ ।