लागूऔषध गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा


eShilalekh

४ श्रावण २०८१, शुक्रबार २२:०४

सिमराः बारा प्रहरीले २६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका २ का २८ वर्षीय अन्जन शाह र भारत बिहार सुमौलीका ३० वर्षीय दीपकचन्द्र देव रहेका छन् ।

हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा४च ५२७ नम्बरको कारलाई पथलैयामा रोकेर जाँच गर्ने क्रममा सिट मुनी लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । प्रहरीले कारसहित दुवैलाई नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्