अमेरिकाको ह्यारिस्बर्गमा साहित्यिक कार्यक्रम सम्पन्न


eShilalekh

११ श्रावण २०८१, शुक्रबार १८:३३

रामप्रसाद अधिकारी

अमेरिकाः अमेरिकाको ह्यारिस्बर्गमा त्रिवेणी साहित्य मञ्चले साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । ह्यारिस्बर्गस्थित मम्स मोमो एण्ड डेलीमा आयोजित कार्यक्रममा अमेरिकाभित्र रहेका साहित्यिक श्रष्टाको उपस्थिती रहेको थियो ।

त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलाको अध्यक्षता र सामाजिक अभियान्ता टिका बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीले आफ्ना कवितालगायतको रचना वाचन गरेका थिए । विभिन्न सामाजिक र सांस्कृतिक महत्वका विषयमा केन्द्रीत रहेर लेखिएका रचनालाई सहभागीले रुचाएका थिए ।

वरिष्ठ साहित्य एवम् संगितकार सङ्गितकार तुंगानाथ उपाध्यायको विशेष उपस्थिती रहेको उक्त कार्यक्रममा मञ्जका उपाध्यक्ष प्रेम घिमिरे, मम्स मोमोका संचालक अगम गुरुङ, विष्णु लुईटेल, मदन पोखरेल, देवी दाहाल दागने, युव कवी परमा कान्छो, बसुधा रिजाल, बिके न्यौपानेलगायतले गीत, कवितालगायतका रचना वाचन गरेका थिए ।

मम्स मोमो एण्ड डेलीका संचालक गुरुङले आफूले रचना गरेको गीत गाएका थिए भने अधिकारीले नेपाली समाजमा लोप हुँदै गएको ढिकी, जाँतो, हलो जुवा, कर्द, ठेकी मदानीलगायतको विषयमा समेटेर तयार गरिएको कविता सहभागीलाई सुनाएका थिए ।

कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष माइला, साहित्यकार उपाध्याय समेत रचना प्रस्तुत गरेर सहभागीको मन जितेका थिए ।मञ्चका अध्यक्ष माइलाले कार्यक्रमको त्रिवणी साहित्य मञ्चले वर्षभरी नै कथा वाचन गर्ने गरी कथा संग्रह लिएर आउने तयारी गरिरहेको समेत बताए । मञ्चले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउँदै अध्यक्ष माईलाले साहित्यिक सिर्जनामा रुची राख्ने सबैलाई गोलबद्ध गरेर अघि बढ्ने समेत बताए ।

कार्यक्रमको सहजीकरण मञ्चका सचिव नारद आचार्य सुदामा र उपाध्यक्ष घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्