बाराको सिम्रौनगढमा करेन्ट लागेर एक युवकको मृत्यु


eShilalekh

१६ श्रावण २०८१, बुधबार १७:३७

सिमरा: बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालका १९ वर्षीय छोरा दीपककुमार जयसवाल रहेका छन् ।

मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नजिकैको क्लिनिकमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्