प्रतिबन्धित भारतीय रुपैयासहित वीरगन्जबाट एक पक्राउ
वीरगन्जः नेपालमा प्रतिवन्ध रहेको पाँच सय दरको भारतीय नोटसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहनका २९ वर्षीय अनिलकुमार रहेका छन् ।
प्रहरीले उनलाई पाँच सय दरका चार सय ३८ थान अर्थात दुई लाख १९ हजार भारतीय रुपैयासहित वीरगन्ज महानगरपालिका १६ रजतजयन्तीबाट पक्राउ गरेको हो । रक्सौलबाट आउँदै गरेका उनलाई रजतजयन्तीस्थित सडक क्षेत्रमा जाँच गर्ने क्रममा खल्तीबाट उक्त रकम बरामद भएको पर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन् ।
पक्राउ परेका व्यक्तिलाई बरामद रकमसहित वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भारतीले बताए ।