राष्ट्रिय युवा संघ बाराको रक्तदान कार्यक्रम सम्पन्न


eShilalekh

२९ माघ २०७८, शनिबार १८:२९

कलैया: राष्ट्रिय युवा संघ नेपाल बाराको आयोजनामा शनिवार कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ महिलासहित ८० जनाले रगत दान गरेका छन् ।

कोभिड १९ का कारण भएको रगत अभाव अवस्थालाई कम गर्न केन्द्रीय कार्यक्रम अन्तर्गत युवा संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई रेडक्रस सोसाईटी वीरगन्जबाट आएका प्राविधिक टोलिले सहयोग गरेका थिए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य ज्वाला कुमारी साहले समेत रगत दान गरेकी थिईन् । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् बारा जिल्ला ईन्चार्ज बलविर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न एमाले बाराका अध्यक्ष विनोद साह, उपाध्यक्ष टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, उपसचिव अमृतशर्मा बजगाई, एमाले प्रदेश कमिटी सदस्य मोविन आलम, अशोक तिवारी, उमेश गुप्ता, बारा क्षेत्र नं. ३ (ख)का क्षेत्रिय अध्यक्ष सन्नी गुप्ता, जिल्ला कमिटी सदस्य शशी दास, नगर सचिव जावेद अंसारीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बारा अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम साहको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्