सिमरा जेसिजको वैठक प्रणाली सम्बन्धी तालिम सम्पन्न


eShilalekh

२९ माघ २०७८, शनिबार २०:१७

सिमरा: सिमरा जेसिजको आयोजनामा शनिवार संसदीय वैठक प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम भएको छ । होटल क्लासिकमा आयोजित प्रशिक्षण कार्यक्रममा सिमरासहित १२ शाखामा आवद्ध जेसिज सदस्यहरुको सहभागिता रहेको थियो ।

वैठक संचालनका लागि आवश्यक ज्ञानलाई अभिबृद्धि गराउन र सैदान्तिक विषयमा प्रशिक्षण गराउन सिमरा जेसिजले तालिमको आयोजना गरेको हो । तालिममा जेसिजको सभा चलाउने विधि, वैठकको विशेषता, कार्यविधि, संचालन प्रक्रियालगायतका विषयमा प्रशिक्षण दिइएको सिमरा जेसिजका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जेसिज वर्ष २०२२ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमिल्सिना, राष्ट्रिय उपाध्यक्ष नरेशचन्द्र ओझा, रश्मी बस्नेत, वर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाललगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सिमरासहित वीरगन्ज, चन्द्रपुर, लालबन्दी, बकैया, हरिवन, जनकपुर, हेटौडा, बसामाडी, बस्तीपुर, पालुङ शाखाका करिब एक सय जेसिज सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्