चार्टर एकाउन्टेन्ट बन्न चाहन्छिन् मधेस प्रदेश टपर काजल


eShilalekh

२ भाद्र २०८१, आईतवार १३:०१

कक्षा १२ को परीक्षामा ३.९१ जिपिए ल्याउँदै मधेस प्रदेशमै उत्कृष्ट अंक ल्याउन सफल काजल मण्डलको चार्टर एकाउन्टेन्ट बन्ने चाहना छ । सिमरास्थित सिमरा पब्लिक स्कुलबाट कक्षा १२ उतिर्ण गरेकी मण्डलसंग गरिएको कुराकानीः

कक्षा १२ को परीक्षामा मधेस प्रदेशमै उत्कृष्ट अंक (३.९१ जिपिए) प्राप्त गरेर उतिर्ण हुँदा कस्तो लागेको छ ?

एकदमै राम्रो लागेको छ । सुरुमा नतिजा देखेर त आफैमा विश्वास लागेको थिएन । मिहिनेत धरै गरेको थिए । तर पनि कक्षा १२ मा यति राम्रो नम्बर ल्याउनु भनेको आफैमा गर्व गर्ने कुरा हो । मेरा आमा बुवा एकदमै खुशी हुनुभएको छ । मेरा सबै शिक्षक एकदमै खुशी हुनुहुन्छ । साथै म पनि मेरो रिजल्ट देखेर एकदमै सन्तुष्ट र खुशी छु । पछि गएर स्नातकमा यसरी नै राम्रो अंक ल्याउने गरी तयारी गर्नेछु ।

कसरी यो नजिता सम्भव भयो?

परीक्षाको तयारी सबैले गरेको हुन्छ । आफूमा भरोसा हुनुपर्छ । पढाईको लागी हामीले लापरवाही गर्नुहुदैन । पढाईको लागी हामीले समय छुट्याउनपर्छ । हामीले पढ्ने समयको तालिका बनाएर तयारी गनुपर्छ । जति समय लगाएर हामीले पढेको हुन्छौँ । त्यो पढाई प्रभावकारी हुनुपर्छ । समयको अभाव हुदाँ पनि जति समय दिएर पढेको थिए । त्यो पढाई नै मेरा लागि प्रभावकारी रहयो ।

यो नजिताको अपेक्षा थियो ?

मैले ‘एप्लस’ आउने अपेक्षा राखेको थिए । तर ग्रेडिङमा यस्तो राम्रो अंक आउने अपेक्षा गरेको थिईन । नतिजा प्रकाशित भएपछि सबै जना एकदमै खुशी हुनुभएको थियो । सबैको फोन आईरहेको थियो । सबैले बधाई दिएका थिए । अबको समयमा मैले केही गरेर देखाउनुपर्छ । कक्षा १२ मा यति राम्रो अंकका साथमा उतिर्ण भए । जुन क्षेत्रमा लागे पनि राम्रोसंग पढेर आफ्नो भविष्य उज्वल बनाएर देखाउनु छ । सानै उमेरबाट नै राम्रो अंकका साथ उतिर्ण हुने गर्थे । तर मधेश प्रदेश नै टप गरेको हुनाले बुवाआमालाई आफ्नी छोरीले नेपाल नै टप गरेको महसुस भएको छ ।

अबको तयारी के छ?

अब स्नातक र स्नाकोत्तर गरी बैंकको लागी तयारी गर्नेछु । आफैमा पनि केहि गरेर देखाउँछु भन्ने हौसला हुनुपर्छ । भविष्य एकदमै उज्वल बनाउनुपर्छ । त्यसको लागी जसरी पनि पढेर राम्रो अंक ल्याउछु भनेर पढाईलाई निरन्तरता दिनुपर्छ । मधेस प्रदेशबाट राम्रो नम्बर ल्याउन नदिने, एकदमै चिट हुने, पेपर जाँच गर्दा कडाई हुने, लेखेको उत्तरको नम्बर नदिने, एप्लस ल्याउन गाह्रो हुने जस्ता कुरा सुनिरहेको हुन्थे । त्यसकारण ‘एप्लस’ आए पनि हुन्थ्यो जस्तो लागेको थियो । तर यस्तो नहुने रहेछ । यो सबै गलत कुराहरु फैलिएको मात्र रहेछ । यदि हामीले राम्रोसंग ध्यान दिएर पढ्यो भने जति सुकै कडाई गरिएपनि लेखेको अनुसार अंक आउने विश्वास लागेको छ ।

अरु विद्यार्थीलाई के भन्नुहुन्छ?

सानैदेखि नै एउटै स्कुल पढेको भएर होला हामीले जे भन्दा पनि व्यवस्थापनले समयमै परिवर्तन गरेर दिने गर्नुहुन्थ्यो । यहाँ हामीले कुनै किसिमको समस्या भोग्नु परेको थिएन । सिमराको अरु कलेजमा पनि पढ्ने वातावरण सहज नभएमा व्यवस्थापनलाई भन्नुपर्ने हुन्छ । अभिभावकले पनि आफ्नो बच्चाहरुलाई अलि बढि ध्यान दिनुपर्छ । अहिलेको समयमा बच्चाहरुलाई अभिभावकको साथ सबैभन्दा ठुलो सहयोग हुन्छ । त्यसैले बच्चाहरुको पढाईलाई ध्यान दिनुपर्छ ।

विद्यार्थीलाई पढ्ने वातावरण बनाउनका लागि कसको भूमिका अहम हुन्छ?

स्थानीय सरकारले पढ्न खोज्ने विद्यार्थी हरुलाई आर्थिक रुपमा सहयोग गनुपर्छ । साथै हरेक विद्यालयले पढ्न ईच्छा भएका बालबालिकाहरुलाई आर्थिक सहयोग र प्रोत्साहन गर्ने काम गनुपर्छ । उनीहरुलाई छात्रवृद्घि दिएर भए पनि उनीहरुको भविष्य उज्वल बनाउनुपर्छ ।

अन्त्यमा, भविष्यमा के बन्ने सोच छ ?

भविष्यमा के बन्ने भनेर त सोचेको छैन् । तर पनि सुरुमा चार्टर एकाउन्टेन्ट बन्ने सोच राखेको थिए । सिक्ने मौका जति मिल्छ सिक्दै जाने हो । विदेश जाने पनि सोच राखेको छु ।

प्रतिक्रिया दिनुहोस्