गौरबाट पोखरा जाँदै गरेको बस सत्रकिलोमा दुर्घटना, २५ यात्रु घाइते


eShilalekh

७ भाद्र २०८१, शुक्रबार १६:१३

सिमराः रौतहटको गौरबाट पोखरा जाँदै गरेको यात्रुबस भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा दुर्घटना भएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको ग२ख ४७ नम्बरको बसमाथी शुक्रबार दिउँसो १ः५० बजे भिरबाट ढुङ्गा खस्दा २५ जना घाईते भएका छन् । ढुङ्गा खस्न साथ बस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए ।

दुर्घटनामा परी २५ जना घाईते भएका छन् भने घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ । ढुंगा लागेर बसमा क्षति पुगेको छ ।

घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सडकमा बस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्