सिमलतालमा बस र ट्रक ठोक्किँदा बाराका दुई जना घाइते


eShilalekh

१६ भाद्र २०८१, आईतवार १३:००

सिमराः चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा आइतबार बिहान भारतीय बस र ट्रक ठोक्किँदा बाराका दुईसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकमा सवार बारा आदर्श कोतवाल गाउँपालिका ५ का ३० वर्षीय मन्ज रावल बरई, उनका ६ वर्षीय छोरा आशीष चौरासिया र ट्रक चालक धादिङ बेनिघाटका २८ वर्षीय राजन क्षेत्री रहेका छन् ।

बरईको घाँटीमा, चौरसियाको पेटमा र क्षेत्रीको हातमा चोट लागेको प्रहरीले जनाएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको एआर०१टी ६३७२ नम्बरको भारतीय बस एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बस चालक फरार रहेका छन् भने घाइतेको चितवनस्थित अस्पतालमा उपचार भईरहको छ ।

प्रतिक्रिया दिनुहोस्