एमालेको मधेस प्रदेश स्तरीय अनुशासन प्रशिक्षण सम्पन्न


eShilalekh

२३ भाद्र २०८१, आईतवार १६:४०

सिमराः मधेस प्रदेश भित्र नेतृत्वमा रहेका नेताकार्यकर्तालाई लक्षित गर्दै नेकपा एमालेले आइतबार अनुशासन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत मधेस प्रदेशको बर्दिबासमा प्रशिक्षणको आयोजना गरिएको हो ।

एमाले केन्द्रीय अनुशासन आयोगले पार्टी, संगठन, नेतृत्व र अनुशासनका विषयमा अन्य ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, सचिव प्रा.डा. भरत पहारीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित एमाले केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्य, प्रदेश कमिटीका सदस्य, प्रदेश लेखा आयोगका सदस्य, आठ वटै जिल्लाका अध्यक्ष सहभागी थिए ।

आयोगका अध्यक्ष बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिव मनोज पौडेलले गरेका थिए । कार्यक्रममा प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्