पर्सा प्रहरीले ध्वनी प्रदुषण नियन्त्रण गर्दै, डिजे बजाउन प्रतिबन्ध
वीरगन्जः जिल्ला प्रहरी कार्यालय पर्साले ध्वनी प्रदुषण नियन्त्रणमा कडाई गर्ने भएको छ । जिल्ला भित्र हुने राजनीतिक तथा धार्मिक कार्यक्रममा ठुलो आवाजमा बजाईने डिजेले मानव स्वाथ्यमा असर परेको भन्दै प्रहरीले ध्वनी प्रदुषणमा कडाई गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सूचना जारी गर्दै सुरक्षा समितिको बैठकले ठुलो आवाजमा डिजे स्पिकर बजाउने क्रियाकलापमा रोक लगाउने निर्णय गरेको जनाएको छ । प्रहरी प्रवक्ता दीपक भारतीद्धारा जारी सूचनामा ठुलो आवाजमा डिजे स्पिकर नबनाउन आग्रह गरिएको छ ।
जिल्ला भित्र ठुलो आवाजमा डिजे स्पिकर बजाएको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ ।