पर्सा प्रहरीद्वारा चार करोड बराबरको अबैध सामानसहित दुई ट्रक नियन्त्रणमा


eShilalekh

२६ भाद्र २०८१, बुधबार १६:४०

सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट चार करोड रुपैयाँ बराबरको रक्सी र कम्प्युटर माउस लगायतका सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–२५ बाट लु १ ख ७५३२ नम्बर र ना ३ ख ५४९ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेकोे बीलबीजकभन्दा तीन करोड ९३ लाख ८८ हजार ६ सय रुपैयाँ बढीको रक्सी र कम्प्युटर माउस लगायतका सामग्री रहेका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्