पर्सा प्रहरीद्वारा १५ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ


eShilalekh

२७ भाद्र २०८१, बिहीबार १८:०४

सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ३ पमौल गम्हरिया का ३८ वर्षीय रफिक महमद रहेका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार रफिकले आफ्नै घरमा लागूऔषध गाँजा लुकाईछिपाई राखेकोे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनको घरमा खानतलासी गरेको हो ।

खानतलासी गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र राखिएको १५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । रफिकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्