कलवार कल्याण समिति अमेरिकाको अध्यक्षमा साह चयन, बलभद्र पूजा सम्पन्न


eShilalekh

३० भाद्र २०८१, आईतवार २२:११

रामप्रसाद अधिकारी

युलेश (अमेरिका): कलवार कल्याण समिति अमेरिकाको अध्यक्षमा अमरनाथ साह चयन भएका छन् । अमेरिकाको टेक्सासस्थित युलेशमा सम्पन्न भेलाले साहको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

कलैया घर भएका साह बारा समाज अमेरिकाका अध्यक्ष समेत हुन् । बलभद्र पूजाको अवसरमा युलेशस्थित पशुपतिनाथ मन्दिरमा सम्पन्न भेलाले कलवार कल्याण समिति अमेरिकालाई स्थापित गर्दै अघि बढ्ने निर्णय गरेको हो ।

समितिको उपाध्यक्षमा सन्तोष चौधरी, लक्ष्मण कलवार, सचिवमा विकासकुमार गुप्ता, कोषाध्यक्षमा मुकेश साह चयन भएका छन् । कार्यसमितिका पदाधिकारी चयन गरेको भेलाले बाँकी सदस्य भने अमेरिकाका विभिन्न स्थानबाट चयन गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष साहले अमेरिका भित्र रहेका कलवार समुदायलाई समेटेर अघि बढ्ने बताए । उनले अमेरिकामा रहेका कलवार समुदायको पछिल्लो पुस्ताले समेत आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै अघि बढ्नका निम्ति समितिले प्रेरित गर्ने बताएका छन् ।

युलेशमा पहिलो पटक सामूहिकरुपमा आयोजना गरिएको बलभद्र पूजामा कलवार समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्