कोल्हबीमा मृत भेटिएको हात्तीलाई खाल्डोमा पुरियो, करेन्ट लागेर मृत्यु भएको आशंका


eShilalekh

६ आश्विन २०८१, आईतवार २१:२५

सिमराः कोल्हबी नगरपालिका २ भलुवाहीखोरमा आइतबार बिहान मृत भएको जंगली हात्तीलाई घटनास्थल नजिकै खाल्डो खनेर पुरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट पुगेको पशु चिकित्सकको टोलीले पोष्टमार्टम गरेपछि हात्तीलाई पुरिएको हो ।

हात्तीको करेन्ट लागेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले पोष्टमार्टम रिपोर्टपछि यकिन कारण खुल्ने भएपनि प्रारम्भिक रुपमा करेन्ट लागेर मृत्यु भएको आशंका गर्न सकिने बताए ।

घटनास्थलमा फलामे तार भेटिएकाले हात्तीलाई करेन्ट लागेको आशंका गरिएको हो । घटनास्थल नजिकै धान खेत रहेको छ । जिल्ला वन कार्यालय बाराले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्