खैरो हेरोईनसहित निजगढमा एक पक्राउ


eShilalekh

२ फाल्गुन २०७८, सोमबार १९:१५

निजगढ: प्रहरीले अवैद्य लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका ७ का मुन्ना लोप्चन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा चेकजाँचका क्रममा लोप्चनलाई निजगढबाट पक्राउ गरेको हो । लोप्चनको साथबाट प्रहरीले चार ग्राम खैरो हेरोईन बरामद गरेको छ ।

शरिरको भागमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले उनले लोप्चनको ना६०प ८२४२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्