सिमरा महिला सहकारीको १७औं वार्षिक साधारणसभा सम्पन्न, पत्रकार खड्कालाई पत्रकारिता पुरस्कार
सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमरा १ स्थित सिमरा पार्कमा साधारण सभा सम्पन्न भएको हो ।
वर्षामा पनि शेयर सदस्यको उत्साहजनक उपस्थिती रहेको कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष कोपिला सिंखडा्, संस्थाकी निवर्तमान अध्यक्ष अनिता लम्साल अधिकारी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, औराह दुग्ध उत्पादक सहकारीका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, निरु रायमाझीलगायतले सम्बोधन गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिका साथै संस्थाका उत्कृष्ट बाल बचतकता, ऋण कारोबार कर्ता, बचत कर्ता, पूर्व संचालक पदाधिकारीलगायतलाई सम्मान गरेको थियो । संस्थाले यस वर्षको सिमरा महिला सहकारी पत्रकारिता पुरस्कार विदुर खड्कालाई प्रदान गरेको छ । अघिल्लो वर्ष उक्त पुरस्कार इशिलालेख डटकमका संचालक दिवाकर भण्डारीलाई प्रदान गरिएको थियो ।
संस्थाले सामाजिक योगदानतर्फ स्व. डा. कृष्ण पौडेल, उत्कृष्ट बालबचत कर्ता जिज्ञासा भण्डारी, साक्षात सिंह, उत्कृष्ट बचतकर्ता कल्पनाकुमारी पराजुलीर राधादेवी सापकोटा, उत्कृष्ट ऋण कारोबारकर्ता सुनिता खड्का र सरिता पाण्डे, जेष्ठ सदस्य आशादेवी लामा, उत्कृष्ट समूह सयपत्री र जगतजननीलाई सम्मान गरिएको थियो । स्व. डा. पौडेलको सम्मान उनकी पत्नी शर्मिला पौडेलले ग्रहण गरेकी थिईन् ।
संस्थाले निवर्तमान अध्यक्ष अनिता लम्साल अधिकारी, निवर्तमान सहसचिव संगिता भण्डारी, पूर्वसदस्य गौरीदेवी चौधरी, अम्बिका पौडेल, लिलामाया श्रेष्ठ, लक्ष्मी रिजाल, शोभा ढकाल, निवर्तमान लेखा समिति संयोजक सरस्वतीकुमारी गौतम, पूर्व लेखा समिति सदस्य जयादेवी पौडेल र पार्वताकुमारी पराजुलीलाई सम्मान गरेको थियो ।
साधारणमा सभामा अध्यक्ष मुना खरेलले संस्थागत प्रतिवेदन सार्वजनिक गरेकी थिईन् । खरेलको अध्यक्षतामा सम्पन्न साधारणसभासचिव गीता शर्माको सहजीकरणमा सम्प्न्न भएको हो ।