सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका बिकलको शव आज निजगढ ल्याइदै


eShilalekh

१४ आश्विन २०८१, सोमबार ०७:०२

सिमरा: सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फाका प्रशिक्षार्थी खेलाडी बिकल रेग्मीको शव सोमबार निजगढ ल्याइदै छ ।

काठमाडौंस्थित शिक्षण अस्पतालमा
शवको शल्यपरीक्षण लगायतको प्रक्रिया पूरा गरी शव ल्याउन लागिएको हो ।

निजगढ नगरपालिका ८ का बिकलको शनिबार बिहान खसेको पहिरोमा पुरिएर ज्यान गएको थियो । उनिसंगै ६ जना खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो ।

निजगढ नगरपालिकाले बिकलको शवलाई सहिद हिरालाल रंगशालामा राखेर अन्तिम बिदाइ गर्ने तयारी गरेको छ । नगर प्रमुख सुरथ पुरीले बिकलको अन्तिम बिदाइमा सहभागी हुन नगरबासीलाई आह्वान समेत गरेका छन् ।

यसअघि निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले विकलकी आमा कमलासहितका परिवारलाई भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्