वीरगञ्जको तीन वटा घरमा प्रहरीको छापा, २१ लाखभन्दा बढी मूल्यको कपडा बरामद
सिमराः वीरगञ्ज महानगरपालिका १६ नगवास्थित तीन वटा घरमा सशस्त्र प्रहरीले छापा मार्दा २१ लाखभन्दा बढी मूल्यको कपडा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको टोलीले बुधबार बिहान नयाँबस्तीस्थित ती घरहरूमा छापा मार्दा २१ लाख २१ हजार ८ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका सटीङसुटीङ र कुर्थी सेटका कपडाहरू बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार भारतबाट राजस्व छली गरी ल्याएको सूचनाका आधारमा टोलीले ती कपडा बरामद गरेको हो । बरामद भएका कपडा आवश्यक कारबाहीका लागि बुधबार दिउँसो वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएकोे छ ।
हालसम्म घरधनीको पहिचान नखुलेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।