आज बिजया दशमी, टीकाको उत्तम साइत ११:३६ बजे


eShilalekh

२६ आश्विन २०८१, शनिबार ०९:१८

सिमरा: आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजे  उत्तम साइत रहेको जनाएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। आज बिहान ८:३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ। 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्