मोटरसाइकलको ठक्करबाट जीतपुरसिमराका एक स्वास्थ्यकर्मीको मृत्यु


eShilalekh

२६ आश्विन २०८१, शनिबार १०:४०

सिमरा: मोटरसाइकलको ठक्करबाट जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा ४ औराहस्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख प्रविनकुमार कर्ण रहेका छन् ।

जीतपुरसिमरा १६ सखुवाघाट घर भएका कर्णलाई शुक्रबार राति पैदल हिडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको हो । उनि दशैंको बिदाको समयमा सर्लाही गएका थिए । सर्लाहीमा भएको उक्त दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

कर्णका पत्नी, एक छोरा र एक छोरी छन् । उनकी पत्नी सिमा पनि जीतपुरसिमराकै स्वास्थ्यकर्मी हुन् । सिमा जीतपुरसिमरा १६ सखुवाघाटमा कार्यरत रहेको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्