बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


eShilalekh

२९ आश्विन २०८१, मंगलवार १३:२८

सिमराः बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ का ६३ वर्षीय हस्तबहादुर ठोकर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

सोमबार बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र स्थानीय मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मा एउटा हात्ती मृत फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्