वीरगन्ज–रक्सौल सीमा क्षेत्रमा गोली चल्यो, घटनाको अनुसन्धान गर्दै प्रहरी


eShilalekh

२९ आश्विन २०८१, मंगलवार १८:३७

सिमराः वीरगन्ज–रक्सौल सीमा नाका अन्तर्गत नेपाली भूभाग मंगलबार दिउँसो गोली चलेको छ । सीमा नाकामा पर्ने मितेरी पूल नजिक गोली चलेको हो ।

गोली चलेको क्षेत्र वीरगन्ज महानगरपालिकाको भूभागमा पर्छ । उक्त क्षेत्रमा गोली कसले चलायो भन्ने एकिन नभएपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएको आशंका गरिएको छ ।

भारतीय क्षेत्रबाट नेपालतर्फ आउँदै गरेका चार जनालाई लखेटदै आएका एसएसबीका जवानले गोली चलाएको प्रत्यक्षदर्शीको भनाई छ । तर यस विषयमा सुरक्षा निकायले पुष्टि गरेको छैन ।

पर्सा प्रहरीले सीमा नाकामा गोलीको खोका भेटेको बताएपनि कसले गोली चलायो भन्ने नखुलेको जनाएको छ । घटनाको विषयमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्