पेट्रोलियम पदार्थको मूल्य बढ्यो


eShilalekh

३० आश्विन २०८१, बुधबार ११:२२

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो । पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा चार रूपैयाँले बढेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५१ रूपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्