मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ


eShilalekh

३० आश्विन २०८१, बुधबार १२:२८

सिमराः मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ का २१ वर्षीय सिद्धार्थ चौधरी, पर्सागढी ८ का २४ वर्षीय बिशाल दास थारु र पर्सागढी २ का ३० वर्षीय पृतमकुमार महतो रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले पाँच थान मोटरसाइकल समेत बरामद गरेको छ । सखुवा प्रसौनी गाउँपालिका १ का शिवदत्त दास थारुले आफ्नो मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कार्यालयमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा प्रहरी उनिहरुसम्म पुगेको प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिए ।

थारुको ना५१प ७४३५ नम्बरको मोटरसाइकल पर्सागढी ९ का चौधरीले चलाईरहेको अवस्थामा भेटेको र उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा चोरीमा संलग्न अन्य दुई व्यक्ति र थप चार वटा मोटसाइकल बरामद भएको प्रवक्ता भारतीको भनाई छ । पक्राउ परेका तीन जनालाई चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्