मेला हेर्न घरबाट निस्किएका पुरुषको शव फेटाको गण्डक नहरमा भेटियो


eShilalekh

१ कार्तिक २०८१, बिहीबार १३:२८

सिमराः मेला हेर्न भनेर आइतबार साँझ घरबाट निस्किएका वीरगन्जका एक पुरुषको शव बाराको फेटा गाउँपालिका १ स्थित गण्डक नहरमा भेटिएको छ । वीरगन्ज महानगरपालिका ३ छपकैयाका करिब २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहीवार बिहान गण्डक नहरमा भेटिएको हो ।

नहर छेउमा हिड्दै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर नफर्किएको दिनदेखि उनको खोजी भईरहेको थियो ।

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार मुसर्वा मेला हेर्न भनेर वीरेन्द्र चार दिन अघि घरबाट निस्किएका थिए । उनीसंगै उनको घरमा बस्ने बिजय गुप्ता कलवार पनि गएका थिए । कलवार पनि सम्पर्क विहिन छन् ।

प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सापकोटाले वीरेन्द्रसंगै गएका कलवार पनि हालसम्म सम्पर्कविहिन रहेको बताए । सापकोटाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्