पर्सा प्रहरीद्वारा भन्सार छलीका बदामसहित ट्रक नियन्त्रणमा


eShilalekh

५ कार्तिक २०८१, सोमबार १८:१९

सिमराः पर्सा प्रहरीले लाखौं मूल्य बराबरको भन्सार छलीका बदामसहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मधेस प्रदेश ०३००१ ख ७६७३ नम्बरको ट्रक भन्सार छलीका बदामसहित नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे ट्रक वीरगन्ज वडा नम्बर–२१ परवानीपुर चोकमा चेकजाँच गर्दा ६६ लाख २४ हजार ३४ रुपैँया बराबरका अलमण्डस (बदाम) लोड रहेको ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

बरामद बदाम सहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्