धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु


eShilalekh

६ कार्तिक २०८१, मंगलवार १४:०८

सिमराः धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको हो ।

छिमेकीको घरमा आयोजना गरिएको पूजामा जनरेटरको लाइन जोड्दा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्