देउसीबाट संकलित रकमले वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग


eShilalekh

२१ कार्तिक २०८१, बुधबार १२:२६

सिमरा: सिमरा फिटनेस जिमका युवाहरूले देउसीबाट संकलित रकमले जीतपुरसिमरा १ पथलैयास्थित वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन् ।

तिहारको समयमा खेलिएको देउसीमा संकलित रकमबाट युवाहरूले जेष्ठ नागरिक सम्मान वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो लुगा, फलफूललगायतका सामग्री वितरण गरेका हुन् ।

उनीहरुले उक्त रकमबाट वृद्धवृद्धालाई बुधबार बिहानको भोजन गराएका थिए भने केहि नगद रकम समेत जनहीरुपमा वितरण गरेका थिए ।

सिमरा फिटनेस जिमका संचालक सुजन स्याङ्तानले देउसी भैलो खेलेर संकलन गरिएको रकम वृद्धवृद्धाका लागि समर्पित गरिएको बताए । वृद्धवृद्धालाई बिहानको खाना खुवाउँदै न्यानो कपडा, फलफूल र केही नगद वितरण गरिएको स्याङ्तानले जानकारी दिए।

कार्यक्रममा सिमरा फिटनेस जिमका युवाहरू सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्