झण्डै ८६ लाख मूल्य बराबरको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


eShilalekh

२६ कार्तिक २०८१, सोमबार १५:२७

सिमराः पर्सा प्रहरीले करिब ८५ लाख ७० हजार मूल्य बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जबाट कैलालीतर्फ जान लागेको ना६ख ५५१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

खुद्रा सामान र औषधी बोकेको उक्त ट्रकमा बिलबिजक भन्दा बढी सामान रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । प्रहरी प्रवक्ता दीपक भारतीले उक्त ट्रक नियन्त्रणमा लिएर पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्