तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा वीरगन्जबाट दुई जना पक्राउ
सिमराः यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा पर्सा प्रहरीले मंगलबार वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । यात्रुले गरेको गुनासोका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका ९ का ६५ वर्षीय अशोक गुप्ता र वीरगन्ज १६ का ४० वर्षीय बिजय साह रहेका छन् ।
उनिहरुलाई वीरगन्ज महानगरपालिका १६ स्थित बसपार्क क्षेत्रमा रहेका यातायात सेवाका काउन्टरबाट नियन्त्रणमा लिएको प्रर्साका प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिए । उनिहरुले सार्वजनिक बस, हाईस र सुमोमा चढ्ने यात्रुसंग बढी भाडा लिएको प्रहरीको भनाई छ ।